महालक्ष्मी लाइफको स्वतन्त्र सञ्चालकमा भट्टराई नियुक्त

2021-04-21
महालक्ष्मी लाइफको स्वतन्त्र सञ्चालकमा भट्टराई नियुक्त

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र संचालकमा रवि राज भट्टराई नियुक्त भएका छन् । कम्पनीको बैशाख ७ गते बसेको संचालक समितिको बैठकले भट्टराईलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । 

चार्टर्ड एकान्टेन्ट भट्टराईले इन्सिच्यूट अफ चार्टड एकाउन्टेस इण्डियाबाट सि।एको उपाधी प्राप्त गरी त्रिभुवन विश्वविधालयबाट एम.बि.ए गरेका छन् । भट्टराईसँग नविल बैंक र विभोर विकास बैंकमा काम गरेको अनुभव छ । 

 

 


Share this with your friends: