महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको एशियन लाइफको सेयर लिलामीमा

2021-05-09
महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको एशियन लाइफको सेयर लिलामीमा

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर आज(वैशाख २६गते)देखि लिलामीमा राखिएको छ । बैंकको स्वामित्वमा रहेको कम्पनीको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखिएको हो। 

यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति, कम्पनी, संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। सेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिकित्ता ६९८ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम १००० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिने सक्नेछन् ।  

लगानीकर्ताले सिद्धार्थ क्यापिटल नारायणचौर नक्सालमा आईपुग्ने गरी आगामी जेठ ०९ गते कार्यालय समयभित्र बोलपत्र आवेदन पेश गर्नुपर्नेछ। 


Share this with your friends: