महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओद्वारा कोराना कोषमा २ महिनाको तलबभत्ता सहयोगको घोषणा

2020-08-09
महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओद्वारा कोराना कोषमा २ महिनाको तलबभत्ता सहयोगको घोषणा

काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशकुमार भट्टराईले आफ्नो दुई महिनाको तलबभत्ता कोरोनाभाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराउने घोषणा गरेका छन्।

सीईओ भट्टराई एक विज्ञप्ति प्रकाशित गर्दै घोषणा गरेका हुन्। विश्व महामारी यो भाइरस रोकथाम तथा नियन्त्रणमा सरकारको मात्र प्रयासले सम्भव नभएकोले नागरिक समुदाय, संघसंस्था तथा अन्तर्राष्ट्रिय समुदायबाट सरकारले सक्दो सहयोगको आशा गरेकोले आफूले आफ्नो दुई महिनाको तलबभत्ता उक्त कोषमा उपलब्ध गराउने निर्णयमा पुगेको सीईओ भट्टराईले बताए। 

आफूले सहयोग गर्ने घोषणा गरेको रकमबराबरको चेक लकडाउन खुलेपछि सरकारलाई हस्तान्तरण गर्ने भट्टराईले जानकारी दिएका छन्। 

सरकराले यही चैत २५ गतेसम्म लकडाउनको घोषणा गरेको छ। 


Share this with your friends: