महालक्ष्मी लाइफद्वारा बोनसदर घोषणा, अधिकतम ५२ रुपैयाँ कायम

2021-09-26
महालक्ष्मी लाइफद्वारा बोनसदर घोषणा, अधिकतम ५२ रुपैयाँ कायम

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बोनस दर कायम गरेको छ। कम्पनीले आफुले सञ्चालनमा ल्याएका मुनाफामा सरिक हुने गरि जारी गरिएका सबै किसिमका जीवन बीमालेखशरु अन्र्तगत आर्थिक वर्ष २०७६/७७ का लागि बोनस दर कायम गरेको हो। 

बीमा समितिको गत असोज ७ गतेको पत्रबाट स्वीकृति प्राप्त भएबमोजिम कम्पनीले संचालनमा ल्याएको तथा मूनाफामा सरिक हुने महालक्ष्मी सावधिक, महालक्ष्मी सरल र महालक्ष्मी जीवन हेरचार बीमा, महालक्ष्मी वार्षिक धनफिर्ता र महालक्ष्मी सावधिक आजीवन बीमा योजनाका लागि २०७६/७७ का लागि प्रतिहजारमा न्यूनतम रु ४० देखि अधिकतममा ५२ रुपैयाँ दरले बोनस घोषणा गरिएको हो। 

कम्पनीले महालक्ष्मी सर्वाधिक जीवन बीमालेख अन्तर्गत ५ लेखि १५ वर्षका लागि ५० रुपैयाँ, १६ देखि २५ वर्षका लागि ५१ रुपैयाँ र २६ देखि ३० वर्षका लागि ५२ रुपैयाँ बोनसदर तोकेको छ। 

कम्पनीले महालक्ष्मी सरल जीवन बीमालेख अन्तर्गत ५ देखि १५ वर्षका लागि ५० रुपैयाँ, १६ देखि २५ वर्षका लागि ५१ रुपैयाँ र २६ देखि ३० वर्षका लागि ५२ रुपैयाँ बोनसदर तोकेको छ। 

यस्तै कम्प्नीले महालक्ष्मी जीवन हेरचाह बीमालेख अन्तर्गत ५ देखि १५ वर्षका लागि ५० रुपैयाँ र १६ देखि २५ वर्षका लागि ५१ रुपैयाँ बोनस दर निर्धारण गरेको छ।  

महालक्ष्मी वार्षिक धनफिर्ता बीमालेख अन्तर्गतका सबै अवधिका लागि ४० रुपैयाँ र महालक्ष्मी सावधिक आजीवन बीमा लेख अअन्तर्गतका सबै अवधिका लागि ५० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । 

आगामी बीमांकिय मुल्यांकन नभएसम्मका लागि सोहि बमोजिम आन्तरिक बोनस दर कायम गरिएको कम्पनीले जनाएको छ ।  


Share this with your friends: