महालक्ष्मी लाइफले बिमाशुल्क बापत आर्जन गर्यो ८५.९६ करोड, बिमा कोषको आकार पनि बढाएर ८१.६ करोड पुर्यायो

2020-08-16
महालक्ष्मी लाइफले बिमाशुल्क बापत आर्जन गर्यो ८५.९६ करोड, बिमा कोषको आकार पनि बढाएर ८१.६ करोड पुर्यायो

काठमाणडौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथौ त्रैमास सम्ममा ८५ करोड ९६ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४४.०३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले २४ करोड ९८ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ६ करोड ७५ लाख रुपैयाँ आर्जन गरेको छ। जुन रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४४.९७ प्रतिशत कम हो। अघिल्लो वर्ष यो रकम १२ करोड २६ लाख रुपैयाँ थियो। 


त्यस्तै समीक्षा अवधिमा कम्पनीले २८ लाख २४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम १ लाख ९० हजार रुपैयाँ थियो। यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा कम्पनीले १३८५.८६ प्रतिशतले धेरै दाबी भुक्तानी गरेको छ। 

आर्थिक वर्षमा कम्पनीले खुद नाफा बढाएको छ। चौथो त्रैमासको अन्त्यसम्म कम्पनी ८ करोड ५९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा ८१६.५९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ८७ लाख ३४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो। 


समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवस्थापन खर्च बढेको छ। कम्पनीको व्यवस्थापन खर्च २७ करोड २५ लाख रुपैयाँ छ। अघिल्लो वर्ष कम्पनीको व्यवस्थापन खर्च ८ करोड ७७ लाख रुपैयाँ थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बिमा कोषको आकार बढेर ८१ करोड ६ लाख रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा २२१.७१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको जीवन बिमा कोषको आकार २५ करोड १९ लाख रुपैयाँमा सीमित थियो। 

 

अघिल्लो वर्ष १ करोड ५ लाख रुपैयाँमा सीमित कम्पनीको जगेडा तथा कोषको आकार बढेर ८ करोड २५ लाख रुपैयाँको उचाइमा पुगेको छ। 
त्यस्तै कम्पनीले १२ हजार ४३६ बिमालेख जारी गरेको छ। अघिल्लो वर्ष कम्पनीले २ हजार ७७७ बिमालेख जारी गरेको थियो। 

 


Share this with your friends: