महालक्ष्मी लाइफद्वारा बोनसदर घोषणा, न्युनतम ५० देखि अधिकतम ५२ रुपैयाँ कायम

2020-11-18
महालक्ष्मी लाइफद्वारा बोनसदर घोषणा, न्युनतम ५० देखि अधिकतम ५२ रुपैयाँ कायम

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बोनस दर कायम गरेको छ। कम्पनीले घोषणा गरेको नयाँ बोनस दर नयाँ कम्पनीमध्ये सबैभन्दा धेरै हो। कम्पनीले आफुले सञ्चालनमा ल्याएका मुनाफामा सरिक हुने गरि जारी गरिएका सबै किसिमका जीवन बीमालेखशरु अन्र्तगत आर्थिक वर्ष २०७५÷७६ का लागि बोनस दर कायम गरेको हो। 

बीमा समितिको कात्तिक २८ गतेको पत्रबाट स्वीकृति प्राप्त भएबमोजिम कम्पनीले संचालनमा ल्याएको तथा मूनाफामा सरिक हुने महालक्ष्मी सावधिक, महालक्ष्मी सरल र महालक्ष्मी जीवन हेरचार बीमाको २०७५र७६ का लागि न्यूनतम रु। ५० प्रतिहजारको दरले बोनस घोषणा गरिएको हो। 

कम्पनीले महालक्ष्मी सर्वाधिक जीवन बीमालेख अन्तर्गत ५ लेखि १५ वर्षका लागि ५० रुपैयाँ, १६ देखि २५ वर्षका लागि ५१ रुपैयाँ र २६ देखि ३० वर्षका लागि ५२ रुपैयाँ बोनसदर तोकेको छ। 

कम्पनीले महालक्ष्मी सरल जीवन बीमालेख अन्तर्गत ५ देखि १५ वर्षका लागि ५० रुपैयाँ, १६ देखि २५ वर्षका लागि ५१ रुपैयाँ र २६ देखि ३० वर्षका लागि ५२ रुपैयाँ बोनसदर तोकेको छ। 

यस्तै कम्प्नीले महालक्ष्मी जीवन हेरचाह बीमालेख अन्तर्गत ५ देखि १५ वर्षका लागि ५० रुपैयाँ र १६ देखि २५ वर्षका लागि ५१ रुपैयाँ बोनस दर निर्धारण गरेको छ।  

 


Share this with your friends: