महालक्ष्मी लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज

2022-02-10
महालक्ष्मी लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको  वार्षिक साधारण सभा आज(माघ २७ गते) आयोजना हुँदैछ। कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले डाकेको चौथो वार्षिक साधारण काठमाण्डौ कमलपोखरीमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा आयोजना हुन लागेको हो । 

सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७६र७७ को वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका विवरणहरु पारित गरिनुका साथै आर्थिक वर्ष २०७७र७८ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

यस्तै सञ्चालक समितिद्वारा स्वतन्त्र सञ्चालकमा नियुक्त रविराज भट्टराईको नियुक्तीलाई अनुमोदन गरिनेछ । 


Share this with your friends: