महालक्ष्मी लाइफको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

2022-02-16
महालक्ष्मी लाइफको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासनका लागि निष्कासनकर्ता तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आईपीओ निष्कासनकर्ता बिक्री प्रबन्धकका रुपमा सानिमा क्यापिटललाई नियूक्त गरेको हो । 

यस सम्बन्धमा भएको समझदारीपत्रमा महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत(सीईओ)रमेश कुमार भट्टराई र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन्। 

महालक्ष्मी लाइफले ६० करोड रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरमा ६० लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीको वि.स २०७७ फागुन ३ गते सम्पन्न भएको तेस्रो वार्षिक साधारण सभाबाट आईपीओ निष्कासनको प्रस्ताव पारित गरिएको थियो । 


Share this with your friends: