महुली लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

2022-03-21
महुली लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा राखिएको संस्थापक सेयरमा आवेदन दिने आज(चैत ७ गते)अन्तिम दिन रहेको छ । संस्थाले गत फागुन २३ गतेदेखि संस्थागत समूहतर्फको ५ हजार कित्ता सेयर लिलामीमा राखेको थियो । 

यो सेयर खरिदका लागि विद्यमान संस्थापक वा योग्य जो कोहि व्यक्ति तथा संगठित संस्थाहरुले बोलपत्र आवेदन पेस गर्न सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६५० रुपैयाँ तोकिएको छ । बोलपत्र आवेदन पेस गर्दा न्यूनतम ५०० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । 


Share this with your friends: