काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर लिलामीमा राखेको छ । संस्थाले संस्थागत समूहतर्फको ५ हजार कित्ता सेयर आज(फागुन २३ गते)देखि लिलामीमा राखेको हो ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापक वा योग्य जो कोहि व्यक्ति तथा संगठित संस्थाहरुले बोलपत्र आवेदन पेस गर्न सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६५० रुपैयाँ तोकिएको छ । बोलपत्र आवेदन पेस गर्दा न्यूनतम ५०० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
इच्छुक लगानीकर्ताहरुले चैत ७ गतेसम्म बोलपत्र आवेदन पेस गर्नुपर्नेछ ।