मानुषी लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

2021-12-23
मानुषी लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी पुस २९ गते बिहिबारका दिन बनेपामा रहेको लहरीखर्क रिसोर्टमा बिहान १०.३० बजे सभा सञ्चालन गर्ने निर्णय गरेको छ। 

उक्त सभामा संस्था र अन्य उपयुक्त संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने तथा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान प्रस्ताव पारित गरिनेछ । 

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ।व २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असारमसान्तको वासलात, नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै सञ्चालक समितिबाट २ जना सञ्चालकहरुको निर्वाचन गरी नियुक्त गर्ने प्रस्ताव पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि संस्थाले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 


Share this with your friends: