मेटलाइफका ग्राहकले अनलाइनबाटै बीमा दाबी गर्न सक्ने

2021-04-16
मेटलाइफका ग्राहकले अनलाइनबाटै बीमा दाबी गर्न सक्ने

काठमाण्डौ । मेट लाइफ नेपालले अनलाइन दाबी इन्टिमेसन सेवा सुचारु गरेको छ। जसबाट ग्राहकहरुले आवश्यक कागजातसहित अनलाइन माध्यमबाट सजिलो तरिकाले बीमा दाबी भुक्तानी गर्न सक्छन्। 

यसरी अनलाइन अपलोड भएका आवश्यक जानकारीहरु पाउनासाथ मेटलाइफको दाबी टोलिले तुरुन्त प्रक्रिया सुरु गर्ने कम्पनीले जनाएको छ। मेटलाइफले अनलाइन बीमा दरखास्त, प्रिमियम भुक्तानी तथा केवाइसी अपडेट र नयाँ ग्राहक सेवा एप प्रयोगमा ल्याइसकेको छ। बीमा दाबी प्रक्रियालाई सहज बनाउने प्रयास गरिएको मेटलाइफ नेपालका उपनिर्देशक तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले बताए। 

यो सेवामार्फत ग्राहकहरुले कार्यालयहरुमा भौतिक रुपमा उपस्थित नभई सबै सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने उनल ेबताए।    

 


Share this with your friends: