युनियन लाइफ चौथो वर्षमा प्रवेश, आईपीओ निष्कासनको तयारी गर्दै

2020-09-22
युनियन लाइफ चौथो वर्षमा प्रवेश, आईपीओ निष्कासनको तयारी गर्दै

काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तेश्रो बर्ष पुरा गरी चौथो बर्षमा प्रवेश गरेको छ । कम्पनीले चौथो वर्ष प्रवेशको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

तेश्रो बार्षिकोत्सव कार्यक्रमको सन्दर्भमा कम्पनीले आगामी दिनमा अझ बढी सशक्त र आक्रामक रुपमा ब्यावसाय वृद्धि गर्ने प्रतिबद्धता जनाएको छ । कम्पनीले कारोवार संचालन गरेको तेश्रो वर्षमै बीमा क्षेत्रमा स्थापित नाम बनाउन सफल भएको छ, प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले भने, “कम्पनीको व्यावसाय र ब्राण्डलाई अझ उचाइमा विस्तार गर्दै लैजाने छौं ।” कम्पनीले बीमा समितिबाट २०७४ असोज ४ गते कारोवार संचालनको अनुमति पाएको थियो ।

कम्पनीले शाखा तथा उपशाखा कार्यालयहरुबाट बीमा सम्बन्धी सम्पूर्ण सेवा सुविधाहरु सहज र व्यवस्थित रुपमा उपलब्ध गराउँदै आएको छ भने कम्पनीका बीमा योजनाहरु उत्कृष्ठ प्रकारको रहेको कारण बीमा गर्नेहरुको आकर्षण बढेको कम्पनीले जनाएको छ ।

कम्पनीको २ अर्ब १५ करोड जारी पूँजी रहेको छ । सो जारी पूँजीको ३० प्रतिशतले हुने साधारण शेयर चाँडै नै सर्वसाधारण समक्ष निश्कासन गर्ने तयारी कम्पनीले गरिहेको छ । 

तेश्रो वाार्षिकोत्सवको अवसरमा कम्पनीले सम्पूर्ण संस्थापक, संचालक, नियमनकारी निकाय बीमा समिति, कर्मचारीहरु, अभिकर्ताहरु, बीमितहरु, संचारकर्मी लगायत सबै सरोकारवाला कार्यालयहरु तथा शुभेच्छुकहरुमा आभार प्रकट गरेको छ । 


Share this with your friends: