युनियन लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान

2021-05-04
युनियन लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वािर्षक साधारण सभा डाकेको छ। कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी जेठ ११ गते मंगलबारका दिन रुपन्देही जिल्लाको सिद्धार्थ नगरपालिकामा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो। सभामा आर्थिक वर्ष २०७५/७६ मा भएको खर्च अनुमोदन गरिनेछ। यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। 

सभामा आ.व २०७५/७६ लेखापरीक्षकको प्रतिवेदन सहित वासलातm नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। यसैगरी कम्पनीको स्वतन्त्र सञ्चालको नियुक्तीलाई समेत अनुमोदन गरिेनेछ।  

 


Share this with your friends: