युनियन लाइफको वार्षिक साधारण सभा सम्पन्न

2021-05-25
युनियन लाइफको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  

कम्पनीको तेस्रो वार्षिक साधारण सभा आज भर्चुअल माध्यम जुम एपमार्फत सम्पन्न भएको हो । सभामा आर्थिक वर्ष २०७५/७६ मा भएको खर्च अनुमोदन गरिएको छ। यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिएका आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ। 

सभामा आ.व २०७५/७६ लेखापरीक्षकको प्रतिवेदन सहित वासलात नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिएको छ। यसैगरी कम्पनीको स्वतन्त्र सञ्चालमा देवीप्रसाद शर्माको नियुक्तीलाई समेत अनुमोदन गरिेएको छ ।   


Share this with your friends: