युनियन लाइफ इन्स्योरेन्सको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

2021-07-20
युनियन लाइफ इन्स्योरेन्सको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ । भर्खरै आईपीओ निष्कासन गरेको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ। 

सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्नका लागि युनियन लाइफ इन्स्योरेन्स र प्रभु क्यापिटलबीच सम्झौता भएको हो। युनियन लाइफ इन्स्योरेन्सले २०७८ साउन १ गतेदेखि लागू हुने गरी २ वर्षका लागि प्रभु क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो।

सेयर रजिष्ट्रारमा नियुक्त भएसँगै युनियन लाइफ इन्स्योरेन्सको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं सेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्य प्रभु क्यापिटलले गर्नेछ।


Share this with your friends: