युनियन लाइफद्वारा सहायकदेखि म्यानेजर पदसम्मका लागि आवेदन माग

2021-09-15
युनियन लाइफद्वारा सहायकदेखि म्यानेजर पदसम्मका लागि आवेदन माग

काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले सहायकदेखि म्यानेजर पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो । 

कम्पनीले उपत्यका र उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयहरुका लागि कर्मचारी  माग गरेको हो । बीमा क्षेत्रमा आफ्नो करिअर बनाउन चाहने योग्य इच्छुक आवेदकहरुले यी पदहरुका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

इच्छुक आवेदकहरुको शैक्षिक योग्यता एमबीए र कुनै पनि संकायमा स्नाकोत्तर वा स्नातक गरेको हुनुपर्नेछ । बीमा क्षेत्रमा काम गरिरहेकाहरुलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । 

यी सबै पदहरुका लागि कम्प्युर सम्बन्धि ज्ञान हुन अनिवार्य रहेको छ । इच्छुक आवेदकहरुले आफुले काम गर्न चाहेको शाखा र स्थान खुलाई सूचना प्रकाशित भएको १५ दिनभित्र कभर लेटर पठाउनुपर्नेछ । कभर लेटरमा पासपोर्ट साइज फोटो,सीभी र ठेगाना समावेश गर्नुपर्नेछ ।  


Share this with your friends: