यूनियन लाइफको बिमाशुल्क आर्जन ५३.१३%ले बढ्यो, दाबी भुक्तानीमा पनि बढोत्तरी

2020-08-16
यूनियन लाइफको बिमाशुल्क आर्जन ५३.१३%ले बढ्यो, दाबी भुक्तानीमा पनि बढोत्तरी

काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथौ त्रैमास सम्ममा ४ अर्ब ५० करोड रुपैयाँ खुद बिमाशुल्क आर्जन गर्न सफल भएको छ । यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५३.१३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले २ अर्ब ९४ करोड रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ३४ करोड ९८ लाख रुपैयाँ आर्जन गरेको छ । जुन रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८८.९० प्रतिशत बढी हो । अघिल्लो वर्ष यो रकम १८ करोड ५२ लाख रुपैयाँ थियो । 


त्यस्तै समीक्षा अवधिमा कम्पनीले ९० करोड ६४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो रकम ४ करोड ९५ लाख रुपैयाँ थियो । यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा कम्पनीले १७२७.७८ प्रतिशतले धेरै दाबी भुक्तानी गरेको छ । 

आर्थिक वर्षमा कम्पनीले खुद नाफा बढाएको छ । चौथो त्रैमासको अन्त्यसम्म कम्पनी ९ करोड ७० लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा ४०.७० प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ६ करोड ८९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 


समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवस्थापन खर्च बढेको छ । कम्पनीको व्यवस्थापन खर्च ८७ करोड ७७ लाख रुपैयाँ छ । अघिल्लो वर्ष कम्पनीको व्यवस्थापन खर्च ७१ करोड १५ लाख रुपैयाँ थियो । 

त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बिमा कोषको आकार बढेर ४ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा ९९.९९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीको जीवन बिमा कोषको आकार २ अर्ब १४ करोड रुपैयाँमा सीमित थियो । 


अघिल्लो वर्ष ३६ करोड ११ लाख रुपैयाँमा सीमित कम्पनीको जगेडा तथा कोषको आकार बढेर ४४ करोड ८५ लाख रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष ४ करोड १ लाख रुपैयाँ रहेको महा विपत्ति कोषको आकार कम्पनीले ४ करोड ९८ लाख रुपैयाँको पुर्याएको छ । 


त्यस्तै कम्पनीले ९२ हजार ५५० बिमालेख जारी गरेको छ । अघिल्लो वर्ष कम्पनीले ६५ हजार ६०२ बिमालेख जारी गरेको थियो । 


Share this with your friends: