यूनियन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

2021-07-12
यूनियन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत असार २४ गतेदेखि आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  

कम्पनीले जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँबराबरको रु. १०० रुपैयाँ अंकित दरका ६४ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गरेको छ । कुल निष्कासनको ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र अर्को ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित राखि बाँकी ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारण का लागि जारी गरिएको छ । 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्तासम्म आवेदन दिन सक्नेछन्। 

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। 

आईपीओ निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत जेठ ९ गते अनुमति प्राप्त गरेको थियो । 


Share this with your friends: