यूनियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

2021-06-27
यूनियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको तनहुँ दुलेगौंडा शाखाले मृतक बीमितको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले शुक्लागण्डकी ८ तनहुँका मृतक बीमित लेख बहादुर मल्लकीे श्रीमती शुमित्रा मल्ल लाई ५ लाख १८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो । 

रकम हस्तान्तरण कार्यक्रममा दुलेगौंडा शाखा प्रमुख ओमकार नागिला, शुक्लागण्डकी नगरपालिका वडा नं ८ का वडा सदस्य रोम बहादुर सिहं वडा सचिव शेषमणी त्रिपाठी, एजेन्सी म्याजेजर अनिल थापा, क्षेत्र बहादुर थापा, इन्द्र पौडेल लगायतको उपस्थिती रहेको थियो ।  

मृतक लेख बहादुर मल्लले २०७६ साल मंसिरमा ५ लाख रुपैयाँबराबरको जीवन बीमा गरेका थिए । 

उनको गत चैत्रमा असमाहिक निधन भएको थियो । 


Share this with your friends: