यूनियन लाइफले असार २४ गतेदेखि आईपीओ निष्कासन गर्ने

2021-06-30
यूनियन लाइफले असार २४ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी असार २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । 

कम्पनीले जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँबराबरको रु. १०० रुपैयाँ अंकित दरका ६४ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । कुल निष्कासनको ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र अर्को ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित राखि बाँकी ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारण का लागि जारी गरिनेछ । 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन बन्द छिटोमा असार २८ गते र ढिलोमा साउन ७ गते बैंकिङ समयपछि हुनेछ। 

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। 

आईपीओ निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत जेठ ९ गते अनुमति प्राप्त गरेको थियो । 


Share this with your friends: