राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेपमा लगानी गर्ने

2021-04-19
राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने सम्बन्धी प्रस्तावका लागि इच्छुक वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुलाई गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न सूचना प्रकाशित गरेको हो। 

कम्पनीले इच्छुक वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुलाई आज(चैत ६ गते)देखि ९ गतेसम्म संस्थानको प्रधान कार्यालयको वित्त व्यवस्थापन विभागमा प्राप्त हुने गरी आवश्यक विवरण उल्लेख गरी हालै प्रकाशित वित्तीय विवरण संलग्न राखि त्रैमासिक, अर्धवार्षिक र वार्षिक अवधिका लागि गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न भनेको छ। 

 


Share this with your friends: