rastriya beema sansthan

राष्ट्रिय बीमा संस्थानको सञ्चालकमा ढकाल नियुक्त

काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालकमा अर्थ मन्त्रालयका उपसचिव निर्मल ढकाल नियुक्त भएका छन् ।  ढकाललाई नेपाल सरकार अर्थ मन्त्रालय,वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको फागुन २२ गतेको पत्रअनुसार सञ्चालकमा नियुक्त गरिएको हो ।  नवनियुक्त सञ्चालक ढकालललाई राष्ट्रिय बीमा संस्थानको फागुन ३० गते...

राष्ट्रिय बीमा संस्थान ५५ औँ वर्षमा प्रवेश

काठमाण्डौ । राष्ट्रिय बीमा संस्थान ५५ औँ वर्षमा प्रवेश गरेको छ । वि.स २०२४ सालमा प्राइभेट कम्पनीको रुपमा स्थापना भएको राष्ट्रिय बीमा संस्थान ५४ वर्ष पुरा गरी ५५ औँ वर्षमा प्रवेश गरेको हो ।  राष्ट्रिय बीमा संस्थान देशको आर्थिक विकासका लागि आन्तरिक साधन र पूँजीको परिचालन गर्न, विदेशी मुद्राको व्ययभार रोक्न तथा दक्ष व्यावसायिक बीमा...

राष्ट्रिय बीमा संस्थानद्वारा बुटवलमा दुई दिने बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न

काठमाडौं । देशभर अभिकर्ता संजाल बढाउनका लागि तालिम अभियान संचालन गर्दै आईरहेको राष्ट्रिय बीमा संस्थानले लुम्बिनी प्रदेशको बुटवलमा दुइ दिने जीवन बीमा अभिर्ताको आधारभूत तालिम सम्पन्न गरेको छ । उक्त तालिम यहि मंसिर २४ र २५ गते संचालन गरिएको हो ।  बुटवलका शाखा प्रमुख बिदुर भट्टराईको संयोजकत्वमा संचालित तालिममा राष्ट्रिय बीमा संस्थान...

1663308665norvic-gif.gif

नेपाल बैंक लिमिटेड र बीमा संस्थानबीच धितोविनै १५ लाखसम्म कर्जा दिने सम्झौता

काठमाण्डौ । नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थानबीच राष्ट्रिय बीमा संस्थानका कर्मचारीहरुलाई विना धितो १५ लाखसम्मको कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।  यो सम्झौता अनुसार नेपाल बैंक लिमिटेडले राष्ट्रिय बीमा संस्थानको सिफारिसको आधारमा त्यहां कार्यरत कर्मचारीहरुलाई बिना धितो सुलभ व्याजदरमा सेवाग्राहि कर्जा उपलब्ध...

राष्ट्रिय बीमा संस्थानको बीमाशुल्क आर्जन रु. ४.५३ अर्ब, खुद मुनाफा ५२.३२%ले बढ्यो

काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्ममा ४ अर्ब ५३ करोड ३१ लाख १० हजार ३९७ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.६३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ४ अर्ब २१ करोड १७ लाख ४४ हजार ८६४ रुपैयाँ रुपैयाँ थियो।  समीक्षा अवधिमा...

राष्ट्रिय बीमा संस्थानको तीन आर्थिक वर्षको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानको तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक सम्पन्न भएको छ । संस्थानको आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ को वार्षिक साधारण सभा भदौ २६ गते शनिबारका दिन सम्पन्न भएको हो ।  उक्त सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ को वार्षिक प्...

16454172591200x120.gif

राष्ट्रिय बीमा संस्थानद्वारा तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक आह्वान

काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानले तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डोकेको छ । संस्थानको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ को वार्षिक साधारण सभा एकैपटक डाकेको हो ।  बैठकले आगामी भदौ २६ गते शनिबारका दिन सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा सञ्चालक समितिका तर्फबाट...

राष्ट्रिय बीमा संस्थानको प्रिमियम कनेक्ट आईपीएसबाट भुक्तानी गर्न सकिने

काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानका ग्राहकले आफ्नो जीवन बीमाको प्रिमियम रकम अनलाइनबाटै कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमार्फत भुक्तानी गर्न सक्ने भएका छन्। असार २ गते एक समारोहको आयोजना गरी संस्थानका तर्फबाट प्रशासक कविप्रसाद पाठक, सहप्रशासक महेश रिमाल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह...

राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। संस्थानले मुद्दती निक्षेपमा लगानी गर्ने सम्बन्धी प्रस्तावका लागि इच्छुक वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुलाई गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न सूचना प्रकाशित गरेको हो।  कम्पनीले इच्छुक वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुलाई आज(साउन...

राष्ट्रिय बीमा संस्थानको सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको सञ्चालकमा कृष्ण कुमार श्रेष्ठ नियुक्त भएका छन् । बीमा संस्थानका पूर्व सह–व्यवस्थापक श्रेष्ठलाई नेपाल सरकारद्वारा संस्थानको सञ्चालकमा नियुक्त गरिएको हो ।  उनी तीन वर्षका लागि संस्थानको सञ्चालकमा नियुक्त भएका हुन् । राष्ट्रिय बीमा संस्थानमा आफ्नो ३४ वर्षे सेवापश्चात श्रेष्ठ वि.स २०७६ साल...

राष्ट्रिय बीमा संस्थान तीनदिन बन्द रहने

काडमाण्डौ । राष्ट्रिय बीमा संस्थान तीन दिनसम्म बन्द हुने भएको छ। संस्थानको प्रधान कार्यालय तथा शाखा कार्यालायहरु असार १६ गते बुधबारदेखि असार १८ गते शुक्रबारसम्मका लागि बन्द हुन लागेको हो।  संस्थानको नयाँ सफ्टवेयर लागू गर्ने सम्बन्धमा डेटा माइग्रेसन कार्य हुन लागेकाले तीनदिन प्रधान कार्यालय तथा शाखा कार्यालयहरु बन्द हुन लागेको...

राष्ट्रिय बीमा संस्थानको प्रशासकमा कवि प्रसाद पाठक पुनःनियुक्त

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको प्रशासकमा कवि प्रसाद पाठक पुनःनियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार(असार ७ गते) बसेको बैठकले उनलाई बीमा संस्थानको प्रशासकमा पुनःनियुक्त गर्ने निर्णय गरेको हो ।  मन्त्रिपरिषद्को बैठकबाट नियुक्त भएसँगै उनले नियुक्तीपत्र बुुझेर उनले हिजोदेखि नै कार्यभार सम्हालेका छन् ।  पाठक आगामी...

राष्ट्रिय बीमा संस्थानको निमित्त प्रशासकमा महेश रिमाल

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको निमित्त प्रशासकको जिम्मेवारी महेश रिमाललाई प्रदान गरिएको छ । गत बिहीबारबाट प्रशासक कवि प्रसाद पाठकको कार्यकाल सकिएसँगै रिमाललाई निमित्त प्रशासकको जिम्मेवारी दिइएको हो । अर्थ मन्त्रालयले महेश रिमाललाई निमित्त प्रशासकको रुपमा जिम्मेवारी बहन गर्न निर्देशन दिएको हो । कोराना महामारीका कारण...

राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने सम्बन्धी प्रस्तावका लागि इच्छुक वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुलाई गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न सूचना प्रकाशित गरेको हो।  कम्पनीले इच्छुक वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुलाई आज(चैत ६...

राष्ट्रिय बीमा संस्थानद्वारा विद्यार्थी सचेतना कार्यक्रम आयोजना

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले बिद्यार्थीलाई बीमा सचेतना कार्यक्रम आयोजना गरेको छ । चैत ११ गते आयोजना गरिएको उक्त कार्यक्रममा जेभियर इन्टरनेशनल कलेजका करिब १०० जना विद्यार्थीहरु सहभागि थिए ।  विद्यार्थीमाझ बीमा सचेतना बढाउने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ । कार्यक्रममा चाबहिल शाखा प्रमुख अनिस...