राष्ट्रिय बीमा संस्थानको प्रशासकमा कवि प्रसाद पाठक पुनःनियुक्त

2021-06-24
राष्ट्रिय बीमा संस्थानको प्रशासकमा कवि प्रसाद पाठक पुनःनियुक्त

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको प्रशासकमा कवि प्रसाद पाठक पुनःनियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार(असार ७ गते) बसेको बैठकले उनलाई बीमा संस्थानको प्रशासकमा पुनःनियुक्त गर्ने निर्णय गरेको हो । 

मन्त्रिपरिषद्को बैठकबाट नियुक्त भएसँगै उनले नियुक्तीपत्र बुुझेर उनले हिजोदेखि नै कार्यभार सम्हालेका छन् । 

पाठक आगामी चारवर्षका संस्थानको प्रशासकका रुपमा रहने छन् । उनको कार्यकाल गत जेठ ६ गते सकिएको थियो । यसअघि  वि.स २०७५ जेठ ६ गतेको मन्त्रिपरिषद्को बैठकले पाठकलाई बीमा सस्ंस्थानको प्रशासकमा नियुक्त गरेको थियो ।  

 


Share this with your friends: