राष्ट्रिय बीमा संस्थान तीनदिन बन्द रहने

2021-06-28
राष्ट्रिय बीमा संस्थान तीनदिन बन्द रहने

काडमाण्डौ । राष्ट्रिय बीमा संस्थान तीन दिनसम्म बन्द हुने भएको छ। संस्थानको प्रधान कार्यालय तथा शाखा कार्यालायहरु असार १६ गते बुधबारदेखि असार १८ गते शुक्रबारसम्मका लागि बन्द हुन लागेको हो। 

संस्थानको नयाँ सफ्टवेयर लागू गर्ने सम्बन्धमा डेटा माइग्रेसन कार्य हुन लागेकाले तीनदिन प्रधान कार्यालय तथा शाखा कार्यालयहरु बन्द हुन लागेको संस्थानले जनाएको छ। यससम्बन्धि थप जानकारीका लागि राशाहपथमा रहेको संस्थानको प्रधानकार्यालयमा सम्पर्क गर्न संस्थानले आग्रह गरेको छ। कार्यालयहरु बन्द हुदाँ पर्ने असुविधाका लागि संस्थानले क्षमाप्राथि मागेको छ।       

 


Share this with your friends: