राष्ट्रिय बीमा संस्थानको सञ्चालकमा श्रेष्ठ नियुक्त

2021-07-08
राष्ट्रिय बीमा संस्थानको सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको सञ्चालकमा कृष्ण कुमार श्रेष्ठ नियुक्त भएका छन् । बीमा संस्थानका पूर्व सह–व्यवस्थापक श्रेष्ठलाई नेपाल सरकारद्वारा संस्थानको सञ्चालकमा नियुक्त गरिएको हो । 

उनी तीन वर्षका लागि संस्थानको सञ्चालकमा नियुक्त भएका हुन् । राष्ट्रिय बीमा संस्थानमा आफ्नो ३४ वर्षे सेवापश्चात श्रेष्ठ वि.स २०७६ साल फागुनमा अवकास भएका थिए । 

संस्थानको अध्यक्ष तथा सदस्यको नियुक्ति राष्ट्रिय बीमा संस्थान ऐन २०२५ बमोजिम नेपाल सरकारले गर्ने व्यवस्था रहेको छ । 

 


Share this with your friends: