राष्ट्रिय बीमा कम्पनी आठौँ वर्षमा प्रवेश

2021-08-03
राष्ट्रिय बीमा कम्पनी आठौँ वर्षमा प्रवेश

काठमाण्ठौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेड सातौँ वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले साउन १८ गते सोमबारदेखि आठौँ वर्षमा प्रवेश गरेको हो । कम्पनीले आठौँ वार्षिकोत्सवका अवसरमा एक कार्यक्रम आयोजना गरी मनाएको छ । कोरोनाका कारण औपचारिक कार्यक्रम गर्न नसकिएको र अनौपचारिक रूपमा कम्पनीको सञ्चालक समितिको कार्यकक्षमा कार्यक्रम गरी वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष उमेशचन्द्र उपाध्यायको आतिथ्यमा सम्पन्न कार्यक्रममा सञ्चालक समितिका सदस्यहरू तथा कम्पनीका उच्चपदस्थ कर्मचारीलगायत अन्य कर्मचारीहरूको सामाजिक दूरी कायम गरी उपस्थिति थियो ।

कम्पनीको आठौँ वार्षिकोत्सव मूल आयोजक समितिका विविध कार्यक्रम भएका थिए । वार्षिक कार्यक्रमअन्तर्गत कम्पनीमा गत आर्थिक वर्षमा बीमाशुल्क प्रदान गर्ने अभिकर्तामध्ये सर्वोत्कृष्ट १० जना अभिकर्तालाई नगद पुरस्कारसहित सम्मानको घोषणा गरिएको थियो ।

 


Share this with your friends: