राष्ट्रिय बीमा संस्थानको प्रिमियम कनेक्ट आईपीएसबाट भुक्तानी गर्न सकिने

2021-08-19
राष्ट्रिय बीमा संस्थानको प्रिमियम कनेक्ट आईपीएसबाट भुक्तानी गर्न सकिने

काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानका ग्राहकले आफ्नो जीवन बीमाको प्रिमियम रकम अनलाइनबाटै कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमार्फत भुक्तानी गर्न सक्ने भएका छन्।

असार २ गते एक समारोहको आयोजना गरी संस्थानका तर्फबाट प्रशासक कविप्रसाद पाठक, सहप्रशासक महेश रिमाल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानका साथै अन्य पदाधिकारीको उपस्थितिमा उक्त अन्लाईन भुक्तानी सेवाको थालनी गरिएको हो। यससँगै अब बीमा संस्थानका ग्राहकले प्रिमियम भुक्तानीका निम्ति काउन्टरमा लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ भने अनलाइनबाटै आफ्नो बैंक तथा वित्तीय संस्थाको खाताबाट भुक्तानी गर्न सक्नेछन्।  

उक्त भुक्तानीका लागि ग्राहकले www.connectips.com मा लग–इन गरी आफ्नो युजर नेम र पासवर्ड प्रयोग गरी प्रणालीमा रहेको ‘फाइनान्सियल इस्टिच्युसन्स’ भित्र ‘इन्स्योरेन्स पेमेन्ट’ मा “राष्ट्रिय बीमा संस्थान” छनोट गर्नुपर्ने हुन्छ। त्यस पछी भुक्तानी गर्ने आफ्नो बैंक खाता छनोट गरी बीमा पोलिसी नम्बर तथा पोलिसीमा लेखिएको बीमकको जन्ममिति ९इंग्लिस मिति अनुसार० दाखिला गरी आफ्नो ट्रान्ज्याक्सन पासवर्ड (ओटीपी) प्रयोग गरी बैंक वित्तीय संस्थाको खाताबाटै सजिलै संस्थानको नेपाल बैंकमा रहेको खातामा भुक्तानी गर्न सक्नेछन्।

राष्ट्रिय बीमा संस्थानले प्रणाली सुदृढीकरण तथा अटोमेसन गर्न आफ्नो आन्तरिक प्रणाली स्तरोनत्ती गरी एनसीएचएलको नेसनल पेमेन्टस इन्टरफेस ९एनपीआई० मार्फत सम्पूर्ण भुक्तानी कारोबार विद्युतीय माध्यम मार्फत गर्न गत सालको चैत्र महिनाको सम्झौता पछी कार्य अघि बढाएको हो। हाल पहिलो चरणमा बीमाको प्रिमियम भुक्तानी संकलन अनलाइनमार्फत गरेको छ भने संस्थानले पछिल्लो चरणमा इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगानी लगायतका विभिन्न कारोबारहरु बैंक खाताहरुबाट सोझै गर्न सक्ने गरी कार्य अघि बढाएको छ। ५३ वर्षदेखि सेवा प्रदान गर्दै आएको बीमा संस्थानको डिजिटलाइजेसनको यस कदमले संस्थानको सेवा प्रवाहमा उल्लेख्य योगदान पुर्याउने विश्वासका साथै यसलाई डिजिटल भुक्तानीको क्षेत्रमा एक महत्त्वपूर्ण कोषे ढुंगाको रुपमा लिइएको छ। 

राष्ट्रिय बीमा संस्थानसँगै ३० जीवन तथा निर्जीवन बीमा प्रदायक कम्पनीहरुको बीमा शूल्क ९प्रिमियम० को संकलन  हाल अनलाइनमार्फत कनेक्ट आईपीएस ई–पेमेन्टबाट भइरहेको छ भने ८ वटा बीमा कम्पनी भने एनपीआईप्रणालीमा आबद्ध भइसकेका छन्। कनेक्ट आईपीएसमा ५४ बैंक तथा वित्तिय संस्थाहरु सदस्यका रुपमा आबद्ध रहेका छन्।  

हाल यस प्रणालीमार्फत नेपाल सरकारको विभिन्न निकायहरु, महालेखा परीक्षक कार्यालय, आन्तरिक राजस्व कार्यालय, लोक सेवा आयोग, कम्पनी रजिष्ट्रारको कार्यालय, राहदानी विभाग, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायतका निकायहरुको भुक्तानी संकलन तथा अन्य सबै जसो भुक्तानीका कारोबारहरु हुदै आएका छन्।


Share this with your friends: