राष्ट्रिय बीमा संस्थानद्वारा तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक आह्वान

2021-08-20
राष्ट्रिय बीमा संस्थानद्वारा तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक आह्वान

काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानले तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डोकेको छ । संस्थानको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ को वार्षिक साधारण सभा एकैपटक डाकेको हो । 

बैठकले आगामी भदौ २६ गते शनिबारका दिन सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यस्तै संस्थानको आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ को लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ । 

सभामा सेयरधनी र सञ्चालकहरुका तर्फबाट १÷१ जना प्रतिनिधि तोक्ने प्रस्ताव पारित गरिनुका साथै आर्थिक वर्ष २०७२/७३, २०७३/७४ र २०७४/७५ का लागि लेखापरीक्षकको नियुक्त तथा निजको निर्धारण गरिएको पारिश्रमिक अनुमोदन गरिनेछ । 

साधारण सभा प्रयोजनका लागि आगामी भदौ ६ गतेदेखि २६ गतेसम्म संस्थानको सेयर दर्ता किताब बन्द रहनेछ । 


Share this with your friends: