राष्ट्रिय बीमा संस्थानको बीमा कोषको आकार २६.५४ अर्ब, बीमाशुल्क आर्जनमा ११.१८%को वृद्धि

2020-08-18
राष्ट्रिय बीमा संस्थानको बीमा कोषको आकार २६.५४ अर्ब, बीमाशुल्क आर्जनमा ११.१८%को वृद्धि

काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा ७ अर्ब ६ करोड रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.१८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन ६ अर्ब ३५ करोड रुपैयाँ थियो। 

समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत १ अर्ब ९४ करोड रुपैयाँ आर्जन गरेको छ। जुन रकम गत वर्षको सोही अवधिको तुलनामा २४.९३ प्रतिशतले कम हो। अघिल्लो वर्षको सोही अवधिमा यो रकम १ अर्ब ५६ करोड रुपैयाँमा सीमित थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीले २ अर्ब ८१ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम २ अर्ब ७१ करोड रुपैयाँ थियो। यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा कम्पनीले ३.७२ प्रतिशत धेरै खुद दाबी भुक्तानी गरेको छ। 

चौथो त्रैमासको अन्त्यसम्म कम्पनी ५ करोड ९० लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा ३.५८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ५ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीकोे व्यवस्थापन खर्च ३.१० प्रतिशतले बढेको छ। कम्पनीको व्यवस्थापन खर्च २० करोड ६४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको व्यवस्थापन खर्च २० करोड २ लाख रुपैयाँ थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बिमा कोषको आकार बढेर २६ अर्ब ५४ करोड रुपैयाँ भएको छ। यो आकार अघिल्लो वर्ष २० अर्ब ६४ करोड रुपैयाको थियोे। जगेडा तथा कोषको आकार २६.०४ प्रतिशतले वृद्धि भएर २८ करोड ५८ लाख पुगेको छ। 

 


Share this with your friends: