राष्ट्रिय बीमा संस्थानद्वारा बुटवलमा दुई दिने बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न

2021-12-12
राष्ट्रिय बीमा संस्थानद्वारा बुटवलमा दुई दिने बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न

काठमाडौं । देशभर अभिकर्ता संजाल बढाउनका लागि तालिम अभियान संचालन गर्दै आईरहेको राष्ट्रिय बीमा संस्थानले लुम्बिनी प्रदेशको बुटवलमा दुइ दिने जीवन बीमा अभिर्ताको आधारभूत तालिम सम्पन्न गरेको छ । उक्त तालिम यहि मंसिर २४ र २५ गते संचालन गरिएको हो । 

बुटवलका शाखा प्रमुख बिदुर भट्टराईको संयोजकत्वमा संचालित तालिममा राष्ट्रिय बीमा संस्थान घोराही शाखाका प्रमुख सुजित प्रसाद शाहले बीमाको परिचय तथा अभिकर्ताले प्रतिस्पर्धीको बजारमा व्यवसायलाई कसरि प्रबर्धन गर्ने लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

 


Share this with your friends: