राष्ट्रिय बीमा संस्थानद्वारा विद्यार्थी सचेतना कार्यक्रम आयोजना

2021-03-25
राष्ट्रिय बीमा संस्थानद्वारा विद्यार्थी सचेतना कार्यक्रम आयोजना

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले बिद्यार्थीलाई बीमा सचेतना कार्यक्रम आयोजना गरेको छ । चैत ११ गते आयोजना गरिएको उक्त कार्यक्रममा जेभियर इन्टरनेशनल कलेजका करिब १०० जना विद्यार्थीहरु सहभागि थिए । 

विद्यार्थीमाझ बीमा सचेतना बढाउने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ । कार्यक्रममा चाबहिल शाखा प्रमुख अनिस रौनियारले बीमाको दायरा बढाउनको लागि बीमा सचेतना हुनु आवश्यक रहेको बताए । उनले कार्यक्रममा बीमाको परिचय, महत्त्व, इतिहास, प्रकार, सम्भावना, बीमा गर्दा ध्यान दिनु पर्ने कुराहरु, चुनौतीहरुको बारेमा जानकारी दिएका थिए  ।

यसका साथै उनले बीमा आजको आवश्यकता भएकाले सबैले घरका सदस्यहरुको बीमा गर्नुपर्नेमा जोड दिए । 

 


Share this with your friends: