राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न,२४.९९ लाख आवेदकको हात खाली

2022-02-24
राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न,२४.९९ लाख आवेदकको हात खाली

काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज(फागुन १२ गते)बाँडफाँड गरिएको छ। 

संस्थाको आईपीओ धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको काठमाण्डौ लाजिम्पाटमा रहेको कार्यालयमा दिउँसो ३ बजे बाँडफाँड गरिएको हो। 

यो आईपीओमा कुल २५ लाख ८५ हजार २६१ आवेदकबाट २ करोड ९४ लाख ६७ हजार २१० कित्ताका लागि आवेदन परेको थियो । कुल आवेदनमध्ये २५ लाख ७९ हजार ४०२ आवेदकले आवेदन दिएको २ करोड ९३ लाख ९७ हजार ६८० कित्ता सदर भएको छ भने ६९ हजार ५३० कित्ता बदर भएको छ । 

कुल सदर आवेदकमध्ये ७९ हजार ४५० जनाले १० कित्ताका दरले सेयर पाएका छन् । बाँकी २४ लाख ९९ हजार ९५२ आवेदकको हात खालि भएको क्यापिटलले जनाएको छ। 

संस्थाले गत फागुन ४ गतेदेखि आम सर्वसाधारणका लागि ८ करोड ५० लाख रुपैयाँबराबरको रु।१०० अंकित दरका ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । 

निष्कासन गरिएको सेयरमध्ये ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता म्युचुअल फन्डका लागि र ०।५ प्रतिशत अर्थात १३ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी रहेको ७ लाख ९४ हजार ५ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।


Share this with your friends: