रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा कोरोना कोषमा रु. ७.५० लाख सहयोग

2020-08-09
रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा कोरोना कोषमा रु. ७.५० लाख सहयोग

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले विश्व महामारी कोरोनाभाइरसबाट हाल उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारको कोरोना संक्रमण रोकथाम नियन्त्रण तथाउपचार कोषमा रु. ७ लाख ५० हजार सहयोग गरेको छ।

यो सहयोगले अहिलेको महामारी रोकथाममा पक्कै पनि केही थप सहयोग हुनेमा कम्पनीले विश्वास व्यक्त गरेको छ। कोरोनाभाइरसविरुद्ध रोकथाम, त्यसको नियन्त्रणको साथै उपचारका लागि सरकारले सञ्चालन गरेको यो कोषमा सबैले सहयोग गर्नुपर्ने कम्पनीले जनाएको छ। 

कोरोनाभाइरसले विश्व नै अक्रान्त बनेको छ। नेपाललगायत विश्वका २१३ देशहरुमा यो भाइरस फैलिसकेको छ। हाल विश्वमा १ लाख ४० हजारभन्दा बढी मानिसहरुको निधन भइसकेको छ भने २१ लाखभन्दा बढी मानिसहरु यस महामारीको चपेटामा परिसकेका अवस्था छन्। विश्व स्वास्थ्य संगठनलगायत विश्वका सबै राष्ट्रहरु यस रोगको रोकथाममा लागिपरेका छन्। 

यस संकटको घडीमा नेपालमा पनि सरकारी तथा निजी संघसंस्था तथा व्यक्तिहरुले सरकारी कोषमा आफ्नोे ठाउँबाट गर्न सकिने आर्थिक तथा जिन्सी सहयोग गरेर यस रोगबाट मुक्त हुन हातेमालो गर्नुपर्ने कम्पनीको धारणा छ। 


Share this with your friends: