रिलायन्स लाइफको आइपीओ बाँडफाँडको मोड्युल सार्वजनिक, २०५०९ आवेदकले नपाउने

2020-08-28
रिलायन्स लाइफको आइपीओ बाँडफाँडको मोड्युल सार्वजनिक, २०५०९ आवेदकले नपाउने

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिएका सबै आवेदकले सेयर नपाउने भएका छन्। रिलायन्स लाइफको धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धक सानिमा क्यापिटलले आइपीओ बाडँफाडँको मोड्युल सार्वजनिक गर्दे यस्तो जनाएको हो। 


सानिमा क्यापिटलले जारी गरेको मोडल अनुसार आइपीओमा आवेदन दिएका सदर आवेदकमध्ये २० हजार ५०९ जनाले सेयर नपाउने भएका हुन्। 
कम्पनीका अनुसार कुल ५ लाख ८७ हजार ५०९ जनाको आवेदन सदर भएको छ। सदर आवेदकमध्ये ५ लाख ६७ हजारले १० कित्ताको दरले सेयर पाउनेछन्। यसमा बाँकि रहने आउने २० हजार ५०९ जनाले भने सेयर नयाउने भएका हुन्। 


कम्पनीले आइपीओको लागि परेको १ हजार ९५५ आवेदन विविध कारणले बदर भएको जानकारी दिएको छ। 

कम्पनीले २ अर्ब १० करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशतले हुन आउने प्रतिकित्ता रु। १०० अंकित दरका ६३ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो। कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ भने ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिएको थियो। 


कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ। कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ संस्थापक सेयरधनीहरुबाट चुक्तापुँजी कायम गरिसकेको छ।  

 


Share this with your friends: