रिलायबल नेपाल लाइफको वार्षिक साधारण सभा आज, आईपीओ निष्कासनको प्रस्ताव पारित गरिने

2021-06-18
रिलायबल नेपाल लाइफको वार्षिक साधारण सभा आज, आईपीओ निष्कासनको प्रस्ताव पारित गरिने

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(असार ४ गते) आयोजना हुदैँछ ।

कम्पनीको तेस्रो वार्षिक साधारण सभा आज शुक्रबारका दिन ज्ञानेश्वरमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा दिनको १ बजे आयोजना हुन गईरहेको हो।उक्त सभामा सर्वसाधारणका लागि ६० लाख कित्ता आईपीओ जारी गर्ने प्रस्ताव पारित गरिनेछ। यस्तै सञ्चालक समितिको तेस्रो वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। लेखापरीक्षकको प्रतिवेदन सहित २०७६ असार मसान्तसम्मको वासलात, तथा सोहि मितिमा समाप्त आ.व २०७/७६ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनेछ। 

सभामा आ।व २०७६/७७ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकको नियुक्तीको अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ।  


Share this with your friends: