रिलायबल लाइफ इन्स्योरेन्सले प्रतिकित्ता रु.२१२ मा आईपीओ निष्कासन गर्न बोर्डसँग माग्यो अनुमति

2021-08-04
रिलायबल लाइफ इन्स्योरेन्सले प्रतिकित्ता रु.२१२ मा आईपीओ निष्कासन गर्न बोर्डसँग माग्यो अनुमति

काठमाण्डौ । रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले १ अर्ब २७ करोड २० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको माग गर्दै बोर्डमा साउन १२ गते आवेदन दिएको हो । 

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१२ रुपैयाँमा ६० लाख कित्ता आईपीओ निष्कासनको माग गरेको हो । 
आईपीओ निष्कासनका लागि कम्पनीको बिक्री प्रबन्धकका रुपमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

 


Share this with your friends: