लाइफ इन्स्योरेन्स कर्पोरेशनको बोनस सेयर हितग्राही खातामा जम्मा

2021-06-11
लाइफ इन्स्योरेन्स कर्पोरेशनको बोनस सेयर हितग्राही खातामा जम्मा

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीकोे गत फागुन २५ गते सम्पन्न १८ औँ वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस सेयर बुक क्लोज हुँदाका बखत अभौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुको बोनस सेयर जेठ २६गते हितग्राही खातामा जम्मा गरिएको हो। 

कम्पनीले उक्त बोनस सेयर जेठ २५ गते नेप्से र सिडिएस एण्ड क्लियरिङमा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुको हकमा भने उक्त बोनस सेयर अभौतिकीकरण गरे क्रमशः हितग्राही खातामा जम्मा गरिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ। 

यस्तै हितग्राही खाता नखोलेका र गत आर्थिक वर्षहरुको सेयर प्रमाणपत्र संकलन नगरेका सेयरधनीहरुलाई कम्पनीको सेयर रजिष्ट्रार नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड हात्तिसार काठमाण्डौबाट सेयर प्रमाणपत्र संकलन गर्न र हितग्राही खाता खोली आफ्नो सेयर अभौतिकीकरण गर्न कम्पनीले आग्रह गरेको छ । 


Share this with your friends: