काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५२ करोड ७१ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.६५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ४३ करोड १६ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ४ करोड ४५ लाख रुपैयाँ आर्जन गरेको छ। जुन रकम गत वर्षको सोही अवधिको तुलनामा ४.४७ प्रतिशतले कम हो। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ४ करोड ४७ लाख रुपैयाँ थियो।
त्यस्तै समीक्षा अवधिमा कम्पनीले २९ करोड ७३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ३२ करोड ४५ लाख रुपैयाँ थियो। यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा कम्पनीले ८.३८ प्रतिशत कम खुद दाबी भुक्तानी गरेको छ।
यो अवधिमा कम्पनीको खुद मुनाफा बढेको छ। तेस्रो त्रैमासको अन्त्यसम्म कम्पनी १३ करोड ७७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा १४.३७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले १२ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
त्यस्तै समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार बढेर ७१ करोड ६५ लाख रुपैयाँ भएको छ। यो आकार अघिल्लो वर्ष ६० करोड २५ लाख रुपैयाँको थियो । कम्पनीको जगेडा तथा कोषको आकार बढेर ३० करोड ३१ लाख रुपैयाँको उचाईमा पुुगेको छ । अघिल्लो वर्ष यो कोषको आकार २८ करोड ९३ लाखमा रुपैयाँमा सीमित थियो ।
अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ लाख १ हजार ४१३ बीमालेख जारी गरेको कम्पनीले समीक्षा अवधिको वर्षसम्ममा १ लाख १९ हजार ००३ बीमालेख जारी गरेको छ।
यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १६.०८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५१.७५, प्रतिसेयर नेटवर्थ १९५.१४ रुपैयाँ र प्रति सेयर कुल सम्पत्तिको मूल्य २८३.५२ रुपैयाँ रहेको छ।