लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

2021-08-18
लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । आज(भदौ २ गते)कम्पनीको ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । 

नेप्सेमा कम्पनीको ५ प्रतिशतले हुन आउने ५ लाख ७० हजार ९ सय कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी कुल १० प्रतिशत लाभांस वितरण गरेको थियो । 


Share this with your friends: