लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा मार्केटिङ सम्बन्धी तालिम सम्पन्न

2021-08-22
लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा मार्केटिङ सम्बन्धी तालिम सम्पन्न

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले मार्केटिङ सम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको प्रदेश न.१ मा मार्केटिङ सम्बन्धी तालिम तथा अन्तरक्रिया सम्पन्न भएको छ । उक्त तालिम कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले प्रदान गरेका हुन् । तालिममा प्रशासन प्रमुख किरण मुढभरी र नवनियुक्त प्रदेश नं १ का क्षेत्रीय प्रबन्धक अभिषेक बरालको समेत उपस्थिति रहेको थियो । उक्त अवसरमा नवनियुक्त क्षेत्रिय प्रबन्धक बराललाई कम्पनीमा स्वागत समेत गरिएको थियो । 

विराटनगरको बिग होटलमा आयोजित कार्यक्रममा विराटनगर शाखाका बजार प्रवन्धक सन्जय मण्डलसहित इटहरी, उदयपुर, विर्तामोड, धरान लगायतका शाखाबाट प्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


Share this with your friends: