लुम्बिनी जनरल इन्स्योरेन्सले अभिकर्ता तालिम सञ्चालन गर्ने

2021-08-24
लुम्बिनी जनरल इन्स्योरेन्सले अभिकर्ता तालिम सञ्चालन गर्ने

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले अभिकर्ता भई काम गर्न इच्छुकहरुका लागि आगामी भदौ १८ गतेदेखि २० गतेसम्म तालिम सञ्चालन गर्न लागेको हो । 

यो तालिम लिन न्यूनतम योग्यता एसएलसी पास वा सो सरह परीक्षा उत्तिण गरेको हुनुपर्नेछ । 

तालिम लिन इच्छुक काठमाण्डौ उपत्यकाभित्रका इच्छुक व्यक्ति वा संस्थाका प्रतिनिधिहरुले नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्रहरु(नोटरी सहित)को प्रतिलिपि, पार्सपोट साइजको फोटो ४ प्रति, प्यानको प्रतिलिपिसहित ज्ञानेश्वरमा रहेको कम्पनीको प्रधान कार्यालयमा भदौ १५ गतेभित्र सम्पर्क गर्नुपर्नेछ ।  

संस्थाको हकमा सिफारिस पत्र र रु.१००० नगदसहित सम्पर्क गर्नुपर्नेछ । 


Share this with your friends: