लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव, नगद र बोनस कति ?

2021-04-16
लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव, नगद र बोनस कति ?

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरण गरेका हो। 

बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नै नगद लाभांस गरी कुल १० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित कुल लाभांसमा ५ प्रतिशतले हुन आउने ५ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने ५ करोड ७० लाख ९० रुपैयाँ गरी कुल ११ करोड ४१ लाख ८० हजार रुपैयाँ लाभांस रहेको छ। 

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ। 

 


Share this with your friends: