शिखर इन्स्योरेन्सद्वारा हकप्रद सेयरबापतको रकम जम्मा गर्न आह्वान

2022-01-27
शिखर इन्स्योरेन्सद्वारा हकप्रद सेयरबापतको रकम जम्मा गर्न आह्वान

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीका सञ्चालक लगायत आधारभूत सेयरधनीहरुलाई हकप्रद सेयरबापतको रकम जम्मा गर्न आह्वान गरेको हो । 

कम्पनीले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४,को निर्देशन न.१२ बमोजिम सञ्चालक लगायतका आधारभूत सेयरधनीहरु(चुक्तापूँजीको १ प्रतिशत र सोभन्दा बढी सेयर धारण गर्ने सेयरधनीहरु)ले आफ्नो आफ्नो हकहिस्सामा पर्न आउने हकप्रद सेयरबापतको रकम बुझाउनुपर्ने व्यवस्था रहेको हुनाले यस्तो आह्वान गरेको जनाएको छ । 

कम्पनीका सञ्चालक र आधारभूत सेयरधनीहरुले फागुन ५ गतेसम्म रकम बुझाउनुपर्नेछ ।    

 


Share this with your friends: