शिखर इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-03-10
शिखर इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले कम्पनीद्वारा प्रस्तावित २७.७६९ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य गरेको हो। 

नेप्सेले कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २०५२ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता २६२२ रुपैयाँ कायम थियो। 

कम्पनीले गत आर्थिक वर्षका लागि २७.७६९ प्रतिशत बोनस सेयर र १.४६२ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको छ। यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आउँदो चैत ०९ गते आयोजना हुने वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ। कम्पनीले १५ औँ र १६ औँ वार्षिक साधारण सभा एकैपटक डाकेको छ। 

 


Share this with your friends: