शिखर इन्स्योरेन्सको हकप्रदका लागि योग्य हुने भोलि अन्तिम अवसर

2022-02-02
शिखर इन्स्योरेन्सको हकप्रदका लागि योग्य हुने भोलि अन्तिम अवसर

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ने भोलि(माघ २० गत)अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि माघ २१ गते बुक क्लोज मिति तोकेकाले भोलिसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् ।  कम्पनीले हकप्रद निष्कासनका लागि आगामी माघ २१ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेको हो । 

यसर्थ माघ २० गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् । कम्पनीले १०ः३ अनुपातमा ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । 

कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट गत माघ ६ गते हकप्रद सेयर निष्कासनको अनुमति पाएको थियो । 


Share this with your friends: