शिखर इन्स्योरेन्सको बीमाशुल्क आर्जन र मुनाफामा सामान्य वृद्धि,अन्य सूचकको अवस्था कस्तो ?

2022-02-13
शिखर इन्स्योरेन्सको बीमाशुल्क आर्जन र मुनाफामा सामान्य वृद्धि,अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७६ करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.३८ प्रतिशतले बढी हो। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन ७४ करोड ४५ लाख रुपैयाँ थियो। 

समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ११ करोड ५५ लाख  रुपैयाँ आर्जन गरेको छ। जुन रकम गत वर्षको सोही अवधिको तुलनामा १.२० प्रतिशतले बढी हो। लगानी कर्जा तथा अन्यबाट हुने आयबापत कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा ११ करोड ४१ लाख रुपैयाँ आर्जन गरेको थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीले ३९ करोड ८६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ३७ करोड १५ लाख रुपैयाँ थियो। यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा कम्पनीले ७.३० प्रतिशत बढी खुद दाबी भुक्तानी गरेको छ। 

यो अवधिमा कम्पनीको खुद मुनाफामा सामान्य वृद्धि भएको छ । दोस्रो त्रैमासको अन्त्यसम्म कम्पनी २४ करोड ३० लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा ०.६६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले १२ करोड २३ लाख २ हजार ९६९ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार बढेर १ अर्ब ४१ करोड रुपैयाँ भएको छ। यो आकार अघिल्लो वर्ष १ अर्ब १७ करोड रुपैयाँको थियो । कम्पनीको जगेडा तथा कोषको आकार घटेर ७८ करोड ९२ लाख रुपैयाँ सीमित भएको छ । अघिल्लो वर्ष यो कोषको आकार १ अर्ब १७ करोड रुपैयाँ थियो । 

अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ लाख ४६ हजार ६३७ बीमालेख जारी गरेको कम्पनीले समीक्षा अवधिको वर्षसम्ममा १ लाख ३१ हजार ६६९ बीमालेख जारी गरेको छ। 

यस्तै कम्पनीको प्रतिसेयर आम्दानी २७.६४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६५.९६, प्रतिसेयर नेटवर्थ २३२.९७ रुपैयाँ रुपैयाँ रहेको छ।


Share this with your friends: