शिखर इन्स्योरेन्सको हकप्रद निष्कासन आजदेखि,कहिलेसम्म कायम सेयरधनीहरुले भर्न पाउँछन आवेदन ?

2022-03-15
शिखर इन्स्योरेन्सको हकप्रद निष्कासन आजदेखि,कहिलेसम्म कायम सेयरधनीहरुले भर्न पाउँछन आवेदन ?

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आज(चैत १ गते)देखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले विद्यमान चुक्तापूँजी १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँको १ः०.३ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

हकप्रद निष्कासनका लागि कम्पनीले गत माघ २१ गते एक दिनका लागि बुक क्लोज गरेकाले माघ २० गतेसम्म कायम सेयरधनीहरु मात्रै हकप्रदका लागि योग्य हुनेछन् । हकप्रद निष्कासनका लागि एनआईबीएल एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा रहेको छ। हकप्रद निष्कासन आगामी चैत २१ गते बन्द हुनेछ ।

लगानीकर्ताले एनआईबीएल एस क्यापिटललाजिम्पाट काठमाण्डौ तथा शाखा कार्यालयहरु पुतलीसडक,लगनखेल चिप्लेढुंगा पोखरा,आदर्शनगर विरगंज,ट्राफिकचोक बुटवल र गोल्छाचोक विराटनगर तथा शिखर इन्स्योरेन्सको केन्द्रिय कार्यालय थापाथली,शाखा कार्यलयहरु न्युरोड बसन्तपुर,विराटनगर,चन्द्रौटा,विर्तामोड,विरगंज,इटहरी,मकवानपुर,चितवन,बुटवल,पोखरा,नेपालगंज,घोराही,  लहान,जुम्ला,धनगढी,डुम्रे,बर्दिवास,बट्टार,वालिङ,जीतपुर,धरान,दमक,गाईघाट,खाँदबारी,इलाम ताप्लेजङु,जनकपुर,राजविराज,सिमरा,मिर्चैया,गरुडा,धादिङ,बनेपा,टाडी,कालीमाटी,कुमारीपाटी,गौंगबु,चाबहिल,पुरानो बोनश्वर,सूर्याविनायक,महाराजगंज,नयाँ  बानेश्वर,माडी,किर्तिपुर,ठिमी,नक्साल,भैसीपाटी,ग्वार्को,चापागाँउ,कावासोती,लेखनाथ,कुश्मा,बेनी,सुन्दरबजार लम्जुुङ,दुलेगौडा,भैरहवा,तुलसीपुर,अर्घाखाची,सुनवल,गुल्मी,पाल्पा,गुलरिया,कोहलपुर,लमही,बर्दघाट,कालिकोट,विरेन्द्रनगर,दैलेख र महेन्द्रनगर र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।   

बैंकले नेपाल धितोपत्र बोर्ड९सेबोन०बाट गत माघ ६ गते हकप्रद निष्कासनका लागि अनुमति पाएको थियो । 


Share this with your friends: