शिखर इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने समयावधि थप

2022-05-09
शिखर इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामी सेयरमा आवेदन दिने समयावधि थप गरिएको छ । सर्वसाधारण समूहतर्फको अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ । कम्पनीले गत चैत १ गतेदेखि २१ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरिएकोमा आवेदन नपरेको सर्वसाधारण समूहतर्फ ७७ हजार ७२०।८८ कित्ता सेयर गत वैशाख १९ गतेदेखि लिलामीमा राखेको छ । अब यो सेयर खरिदका लागि भोलि(वैशाख २७ गते)सम्म आवेदन दिन सकनिेछ । 

कम्पनीले बोलपत्र आवेदन पेस गर्ने अन्तिम मिति वैशाख २६ गते तोकेको थियो । तर गत वैशाख २० गते नेपाल सरकारले सार्वजनिक बिदा दिएकाले बोलपत्र आवेदन पेस गर्ने समयावधि एक दिन थप गरिएको कम्पनीले जनाएको छ । 

यो सेयर खरिदका लागि इच्छुक योग्य जो कोहि व्यक्ति,कम्पनी वा संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् । 

इच्छुक आवेदकहरुर्ले नआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट र शाखा कार्यालयहरु पुतलीसडक,लगनखेल पोखरा,विरगञ्ज विराटनगर र नेपाल इन्भेष्टमेन्ट बैंकका शाखा कार्यालयहरु नारायणगढ,हेटौडा,बिर्तामोड,जनकपुर,तुल्सीपुर,दाङ,सुर्खेत,नेपालगञ्ज र धनगढीमा बोलपत्र आवेदन पेस गर्न सक्नेछन् । 

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्न सक्नेछन् ।   


Share this with your friends: