शिखर इन्स्योरेन्सद्वारा ७४ करोड बढी बीमाशुल्क आर्जन, मुनाफा ११.७३%ले बढ्यो

2021-02-12
शिखर इन्स्योरेन्सद्वारा ७४ करोड बढी बीमाशुल्क आर्जन, मुनाफा ११.७३%ले बढ्यो

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७र७८ को दोस्रो त्रैमाससम्म ७४ करोड ४५ लाख २८ हजार ५२२ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.६० प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ७२ करोड ५३ लाख २५ हजार ०४८ रुपैयाँ थियो। 

समीक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ११ करोड ४१ लाख ३२ हजार ७५० रुपैयाँ आर्जन गरेको छ। जुन रकम गत वर्षको सोही अवधिको तुलनामा ९.२६ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा यो रकम १० करोड ४४ लाख ५७ हजार ७५० रुपैयाँमा सीमित थियो।

त्यस्तै समीक्षा अवधिसम्म कम्पनीले ३७ करोड १५ लाख ५७ हजार ६८८ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ४६ करोड ९४ लाख ३८ हजार २३९ रुपैयाँ थियो। यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा कम्पनीले २०.८५ प्रतिशत कम खुद दाबी भुक्तानी गरेको छ। 

दोस्रो त्रैमासको अन्त्यसम्म कम्पनी २४ करोड १४ लाख १० हजार ४२३ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा ११.७३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले २१ करोड ६० लाख ६० हजार ६१८ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिसम्म कम्पनीको व्यवस्थापन खर्च ०.८१ प्रतिशतले बढेको छ। कम्पनीको व्यवस्थापन खर्च २१ करोड ९ लाख ०६ हजार ९८२ रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको व्यवस्थापन खर्च २० करोड ९२ लाख ०१ हजार ९६३ रुपैयाँ थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार बढेर १ अर्ब १७ करोड ८० लाख १५ हजार ८१२ रुपैयाँको उचाईमा पुगेको छ। यो आकार अघिल्लो वर्ष १ अर्ब ५ करोड ७३ लाख १० हजार ६०० रुपैयाको थियो। कम्पनीको जगेडा तथा कोषको आकार ३९.७५ प्रतिशतले बढेर ९४ करोड ७ लाख ३५ हजार रुपैयाँको भएको छ। 

अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ लाख ७९ हजार ७६८ बीमालेख जारी गरेको कम्पनीले समीक्षा अवधिको वर्षसम्ममा १ लाख ४६ हजार ६३७ बीमालेख जारी गर्न सकेको देखिन्छ। 

यसैगरी कम्पनीको प्रतिसेयर आम्दानी ३५.१३ रुपैयाँ, पिई अनुपात ५२.४७ गुणा, प्रतिसेयर नेटवर्थ २६७.७९ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३८४.१३ रुपैयाँ रहेको छ।

 


Share this with your friends: